नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि स्थिर नै रहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस