२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारलाई बलियो बनाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका स्थानीय तहलाई बलियो बनाउने बताएका छन्। 

आइतबार सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेल आधारभूत स्वास्थ्य र माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी लिएको स्थानीय सरकारलाई बलियो, सबल र सक्षम बनाउन बागमती प्रदेश सरकार लागिपरेको बताएका हुन्।  ‘स्थानीय सरकारलाई बलियो बनाएर मात्र संघीयताको पूर्ण रूपमा कार्यान्वयन हुन्छ। स्थानीय तहबाट प्रत्यक्ष रूपमा नागरिक लाभान्वित हुने भएकाले स्थानीय सरकारलाई बलियो बनाउन नसके प्रदेश सरकारको पनि औचित्यमाथि प्रश्न उठ्छ,’ उनले भने। 

मुख्यमन्त्री जम्कट्टेलले पालिकाहरूले स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेर पाँच वर्षमा पाँचवटा मुख्य योजना सम्पन्न गर्ने लक्ष्य लिए दिगो विकास गर्न सकिने समेत सुझाव दिए। 
उनले भने, ‘राष्ट्रिय योजना आयोगले पञ्चवर्षीय योजना बनाउँछ, प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गर्दै छ, अब ठुल्ठुला योजनाका किताबहरू मात्र प्रकाशित गर्ने हैन काम गर्न सक्ने योजना बनाउनु पर्छ। पालिकाले पनि मुख्य कामलाई प्राथमिकतामा राख्नुपर्दछ।’

प्रदेश सरकारले सरकारका मन्त्री,कार्यालय प्रमुखहरूका टेबलमा आवश्यकताका आधारमा कार्यान्वयन गर्न सकिने मात्र योजना राखिने बताउँदै  मुख्यमन्त्री जम्कट्टेलले काम नहुने कुनै पनि योजना तर्जुमा नगरिने स्पष्ट पारे। 

आवश्यकता र कार्यान्वयन गर्न नसकिने कुनै पनि योजना प्रदेश सरकारबाट स्वीकृत नगरिने उनले बताए। मुख्यमन्त्री जम्कट्टेलले खुर्कोट–चियावारी सुरुङमार्ग उत्तर दक्षिण जोड्ने निकै महत्त्वपूर्ण मार्ग हुने भएकाले सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। 

प्रतिक्रिया दिनुहोस