डोनाल्ड लूले अर्पण गरे सीता दाहालप्रति श्रद्धाञ्जली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डोनाल्ड लूले अर्पण गरे सीता दाहालप्रति श्रद्धाञ्जली


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू भेट गरेका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

लूले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै सीताको तस्वीरमा माल्यार्पण पनि गरेका छन् ।

शुक्रबार मात्र काठमाडौँका आएका लूले यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस