पालिका अध्यक्षले मानसिक दबाब दिएको भन्दै १९ प्रधानाध्यापकले दिए सामूहिक राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पालिका अध्यक्षले मानसिक दबाब दिएको भन्दै १९ प्रधानाध्यापकले दिए सामूहिक राजीनामा


२९ असार २०८०, शुक्रबार


मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन्।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन्।

अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको भनाई छ । विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई सरुवा गर्ने भन्दै दबाब दिएकोसमेत उनीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस