सभामुख घिमिरेद्वारा बजेट प्रमाणित  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सभामुख घिमिरेद्वारा बजेट प्रमाणित 


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले बजेट प्रमाणित गरेका छन्। आज सभामुख घिमिरेले संघीय संसदको दुवै सदनबाट पारित भएको आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका हुन्। 

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनविना पारित गरेको र राष्ट्रिय सभाले सुझावविना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन्। 

संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।

Tags :
प्रतिक्रिया दिनुहोस