अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते


२९ असार २०८०, शुक्रबार


डोटी । डोटीमा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन ।

जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैनमा म.प्र.०३००२स १७६९ नम्बरको अटो दुर्घटना हुदाँ तिन जना घाइते भएका हुन् । 

घाइते हुनेमा बडीकेदार गाउँपालिका वडा नम्बर नं.४ मान्नाकापडी बल्ल जुडीका वर्ष २४ का राम नेपाली, वर्ष २४ की तुल्या नेपाली र वर्ष ३ की मुस्कान नेपाली रहेको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्कर दत्त पन्तले बताउनु भयो ।  घाइतेहरू श्रीमान्,श्रीमती र छोरी हुन ।

घाइतेहरूलाई सामुदायिक स्वास्थ्य इकाई बर्छैमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि घनगढी पठाईएको प्रहरीले जनाएको छ । घटना के कारणले भएको हो भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस