आईसीसीको घोषणा- अब महिला र पुरुष खेलाडीको पुरस्कार बराबर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आईसीसीको घोषणा- अब महिला र पुरुष खेलाडीको पुरस्कार बराबर


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला खेलाडीले अब समान पुरस्कार राशि पाउने भएका छन् ।

दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष खेलाडीको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको हो ।

आईसीसी अध्यक्ष ग्रेग बार्कले अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुने बताए । उनले खुसी व्यक्त गर्दै यो क्षण खेलको इतिहासमै महत्त्वपूर्ण भएको बताए ।

पुरस्कार राशी समान बनाउने प्रयास स्वरूप आइसीसीले २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको थियो । अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस