२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशमै रोजगारी सिर्जना गर्नु छ : मन्त्री लिम्बू

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देशभित्रैको स्रोत/साधनको उपयोग गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् । युवालाई देशभित्रै बस्न बाध्य बनाउने गरी काम गर्नुपर्ने बेला आएको उनको जोड थियो ।

सङ्घीय संसद्, प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, “युवालाई विदेश नजाउ, अहिलेदेखि नै काममा लाग, रोजगारीमा लाग, उद्यमशील बन भन्ने कार्यक्रम मन्त्रालयसँग छ भनेर जान सकियो भने केही मात्रामा सुधार आउन सक्छ, त्यसका लागि मन्त्रालय प्रयासरत छ ।”

आफूले खेलाडीको जीवन बीमा गराएर सुरक्षित महसुस गराउन प्रयास गरिएको बताउँदै मन्त्री लिम्बूले भने, “खेलाडीले १०–१५ वर्ष रगत पसिना बगाएर खेलेको हुन्छ, तर खेलबाट फर्किँदै गर्दा भविष्य नदेखिसकेपछि विदेशतिर पलायन हुन्छ, खाडी मुलुक जाने अवस्था छ, त्यसैले यो विषयलाई स्वरोजगार कोषअन्तर्गत व्यवसायमा लाग्न चाहने खेलाडीलाई सहयोग गर्ने योजना अगाडि बढेको छ ।”

राम्रो नीति बनाउन सकेको खण्डमा त्यसले राम्रो खालको परिणम दिने विश्वास व्यक्त गर्दै उनले  भएको स्रोत सञ्चालन गर्नेमात्रै भन्दा पनि अन्य स्रोत जुटाउनेतर्फ पनि मन्त्रालय लागिरहेको बताए । राष्ट्रिय खेलकुद परिषद्ले सबै कार्यक्रम गरे पनि  प्राविधिक जनशक्ति कम भएका कारण बजेट कार्यान्वयन गर्न नसकिएको उनले स्वीकारे  ।

ध्रुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई सहयोग गर्ने मन्त्रालयको योजनामै रहेको उनको जवाफ छ ।