२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा अविचलित छ : परराष्ट्र मन्त्री साउद

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित नभएको स्पष्ट पारेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले नेपालले अन्तर्राष्ट्रिय मामिलामा निर्वाह गर्दै आएको असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको भन्दै सांसदहरुले प्रश्न गरेका थिए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै साउदले नेपालको संविधानले तय गरेको परराष्ट्र नीति सञ्चालनका मूलभूत आधारमा नै असंलग्न परराष्ट्र नीति रहेको र सोही नीति अनुसार नै विचलित नभई चल्ने जानकारी गराए ।

उनले भने, ‘गुण र दोषको आधारमा अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण,निष्पक्ष,उत्तरदायी र सहयोगात्मक बनाउने नेपालको कूटनीतिक प्रयास उन्मुख छ ।’

उनले अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा नेपालले लिएको स्वतन्त्र ,निष्पक्ष ,सन्तुलित तथा बस्तुनिष्ठ नीतिकै कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता र सम्मान आर्जन गरेको भन्दै नेपालले असंलग्न परराष्ट्र नीतिको अवलम्बन अटुट रूपमा गरिरहने प्रतिबद्धता जनाए ।

हालै अजरबैजानको बाँकुमा सम्पन्न मन्त्रीस्तरीय नन अलाइनमेन्ट मुभमेन्टमा सम्बोधन गर्दा असंलग्न आन्दोलनको महत्त्व र सान्दर्भिकतालाई थप उजागर गर्न नेपालको प्रतिबद्धता जाहेर गरेर आएको भन्दै उनले भने, ‘मैले हालै सम्पन्न उक्त भ्रमणमा पनि विश्वका जल्दा बल्दा राजनीतिक तथा आर्थिक मुद्दाको समाधानका लागि असंलग्न आन्दोलनमा आबद्ध सदस्य राष्ट्रहरूको ऐक्यबद्धता र सहकार्यमा जोड दिएको थिए । तसर्थ असंलग्न परराष्ट्र नीतिको अवलम्बन तर्फ नेपालको प्रतिबद्धता अटुट रहेको स्पष्ट पार्छु ।’