साम्राज्ञी विरुद्धको मुद्दामा भुवनको हार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

साम्राज्ञी विरुद्धको मुद्दामा भुवनको हार


२७ असार २०८०, बुधबार


काठमाडौँ। अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दामा हारेका छन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो ।

न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला गरेको हो ।

भुवन र साम्राज्ञी सामाजिक सञ्जाल र मिडियामा उत्पन्न विवाद पछि भुवनले २०७७ साउन ९ गते साम्राज्ञीविरुद्ध ‘गाली बेइज्जती’को मुद्दा दायर गरेका थिए ।

बलिउडका दिवङ्गत अभिनेता सुशान्त सिंह राजपूतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको विवाद चर्किएको थियो । साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् भने भुवनले साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित प्रतिक्रिया दिएका थिए । विवादका क्रममा भुवनले साम्राज्ञीले आफूलाई जथाभाबी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस