बालेनले दिए प्रधानमन्त्री पत्नी दाहाललाई श्रद्धाञ्जली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालेनले दिए प्रधानमन्त्री पत्नी दाहाललाई श्रद्धाञ्जली


२७ असार २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा गुमाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री गुमाएको भन्दै सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

उनले लेखेका छन्- ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननीय प्रधानमन्त्री समेत रहनु भएका तपाईँका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईँले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।’

Tags :
प्रतिक्रिया दिनुहोस