प्रधानमन्त्रीपत्नीको निधनमा सुदूरपश्चिम प्रदेश सभामा शोक बिदा, संसद् बैठक स्थगित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीपत्नीको निधनमा सुदूरपश्चिम प्रदेश सभामा शोक बिदा, संसद् बैठक स्थगित


२७ असार २०८०, बुधबार


कैलाली । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा आज सुदूरपश्चिम प्रदेश सभा बैठकमा शोक बिदा दिइएको छ ।

आज बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज शोक बिदा दिने सहमति भएको हो । हिजोबाट प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको थियो ।

हिजो सभामुख भीम भण्डारीले आज दिउँसो ३ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । आज ३ बजेको बैठक शोक बिदाका कारण स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

भोलि बिहान ८ः३० बजेका लागि बैठक आह्वान गरिएको सचिव बोगटीले जानकारी दिए । भोलि नै दिउसो ३ बजे पनि बैठक आह्वान गरिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । हिजोबाट बजेट माथिको छलफल सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस