सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त


२७ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्-‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस