माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने


२७ असार २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ । बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए ।

अहिले सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस