दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेता नर्भिक अस्पतालमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेता नर्भिक अस्पतालमा


२७ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू दाहाललाई श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका छन् ।

दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका हुन् । अन्य पार्टीका नेताहरू पनि अस्पताल आउने क्रम जारी छ ।

दाहालको आज बिहान ८:३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस