राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने


२७ असार २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११:०१ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिनेछ ।

त्यसअघि आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस