उत्तर पुस्तिका सच्याउने लोक सेवाका अधिकृत शाहीलाई ६ महिना कैद « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

उत्तर पुस्तिका सच्याउने लोक सेवाका अधिकृत शाहीलाई ६ महिना कैद


२६ असार २०८०, मंगलबार


काठमाडौँ । विशेष अदालतले लोक सेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई ६ महिना कैद सजाय सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ वैशाख ०७८ झुठा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाइएका शाहीलाई कैद र जरिवाना तोकिएको हो।

विशेषका सदस्य त्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले मङ्गलवार यस्तो फैसला गरेको हो ।

दुई वर्षपछि फैसला गर्दै विशेषले शाहीलाई ६ महिना कैदका साथै २० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराई सफल गराउने नियतले उत्तर पुस्तिका सच्याएको भेटिएको जनाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस