प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित अख्तियारको नियन्त्रणमा 


२६ असार २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको श्री सिद्धिगणेश माविका विद्यालय व्यवस्‍थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।

मङ्गलवार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित श्री सिद्धिगणेश माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको हो।

अध्यक्ष राजकुमार थापा र प्रधानध्यापक बुद्धिविलास धिताल पक्राउ परेका छन्।

उनीहरूबाट १६ हजार घुस बरामद गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

शिक्षक छनोट प्रक्रियाका लागि उनीहरूले घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनापछि टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस