मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त   « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त  


२६ असार २०८०, मंगलबार


काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । 

आज विहान भएको दुर्घटनाप्रति प्रधानमन्त्रीले, दुख  व्यक्त गर्दै छिटो र प्रभावकारी उद्दारको लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु।’

मङ्गलवार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस