काठमाडौँ नगर प्रहरीले सम्पत्ति किन्दा अनुमति लिनुपर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ नगर प्रहरीले सम्पत्ति किन्दा अनुमति लिनुपर्ने


२६ असार २०८०, मंगलबार


काठमाडौँ महानगरपालिका नगर प्रहरीमा कार्यरत कर्मचारीले चल अचल सम्पत्ति किन्दा अनुमति लिनुपर्ने भएको छ।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजित महानगरपालिकाको १३ ‍औं नगरसभामा विधान समितिका संयोजक मच्चाराजा महर्जनले नगर प्रहरीमा कार्यरत कर्मचारीले चल अचल सम्पत्ति किन्दा अनुमति लिनुपर्ने बताएका हुन्। 

उनी वडा नम्बर २३ का वडाध्यक्ष समेत हुन्। उनले नगरसभामा महानगर प्रहरी ऐन २०८० विधेयक प्रस्तुत गर्दै सम्पत्ति किन्दा अनुमति लिनुपर्ने प्रावधान राखेको बताए। 

यस्तै नगर प्रहरीको बढुवा र सरूवा प्रदेश लोक सेवाबाट हुने उनले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस