बिना सूचना ड्युटीमा उपस्थित नहुने कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिना सूचना ड्युटीमा उपस्थित नहुने कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन 


२५ असार २०८०, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ । 

प्रधान कार्यालयले ५ जना सशस्त्र प्रहरी जवान र २ जना सहायक हवल्दार आफूखुसी कार्यालयमा गैरहाजिर रहेको भन्दै उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन समेत निर्देशन दिएको हो ।

उनीहरू लामो समयदेखि आफ्नो कार्यक्षेत्रमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको भन्दै हेडक्वाटरले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ । 

सूचनामा स.प्र.बल, नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङका लक्ष्मण लिम्बु, २७ नम्बर गण हे.क्वा. रुपन्देहीका कपिल खत्री, २१ नम्बर गण हे.क्वा. दक्षिणकाली ललितपुरका पूर्ण बहादुर तामाङ, १७ नम्बर गण हे.क्वा. चितवनका केशर बहादुर विष्ट, ४९ गुल्म हे.क्वा. खप्तड, अछामका नर साउद, २९ गण हे.क्वा. ज्वालामाई दाङका प्रतीक बि.क. र ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका विराज घिमिरे गैरहाजिर रहेको उल्लेख छ । उनीहरूलाई सूचना जारी भएको मितिले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने प्रधान कार्यालयलेको चेतावनी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस