२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखको भूमिकाप्रति रवि लामिछानेले उठाए प्रश्न 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रश्न उठाएको छ । सभामुखले सदनमा आफूहरूलाई विषय राख्न नै नदिएको गुनासो रास्वपा सभापति रवि लामिछानेको छ ।

‘सभामुखलाई अलिकति मैले भन्नै पर्ने हुन्छ । जब यो भन्दा अगाडि सदनको बैठक चलेको थियो । त्यतिखेर एमालेका सांसदले बोल्नुभयो । त्यसपछि सोझै सत्तापक्षमा लगेर राखिदिनुभयो’ सभापति लामिछानेले आइतबार संसद भवन परिसरमा पत्रकारहरूसँग भने ।

असार २० गतेको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले एकसाथ उठेर प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिए । नेताहरूका अनुसार बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा अभिव्यक्तिलाई लिएर प्रश्न उठाउने जानकारी गराएका थिए । त्यसका लागि एमालेबाट रघुजी पन्त, रास्वपाबाट सन्तोष परियार, राप्रपाबाट धवल शमशेर जबरालाई सभामुखले बोल्न दिने तय भएको थियो ।

तर, सभामुखले एमालेका सांसद पन्तलाई बोल्न दिएपछि माओवादी केन्द्रका सांसद छिरिङ ल्हामु लामालाई बोल्न समय दिएका थिए । सांसद पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागे । सांसद लामाले प्रचण्डमाथिको आरोप लगाइएको बताइन् र आफ्नो निर्वाचन क्षेत्रको विषय उठाइन् ।

रास्वपाले यहीँनेर सभामुखको भूमिका गलत भएको भनी प्रश्न उठाएको हो । एमालेका सांसदले बोलेपछि बाँकी प्रतिपक्षी दलहरुलाई बोल्न समय नदिँदा एमाले सांसदले बोलेको विषय नै सबै प्रतिपक्षी दलहरूको हो भन्ने भाष्य स्थापित हुन गएको र यस खाले वातावरण बनाउन सभामुखले भूमिका खेलेको रास्वपाको टिप्पणी छ ।

‘एमालेका सांसदले बिचार राख्नुभयो । त्यसपछि सोझै सत्तापक्षमा लगेर राखिदिनुभयो र यस्तो भाष्य निर्माण गर्न खोजियो कि( एमालेले बोलिसकेपछि सबै प्रतिपक्षको त्यही नै आवाज हो’ रास्वपा सभापति लामिछाने दोहोर्‍याउँछन्, ‘सभामुखले आ आफ्ना मुद्दाहरू प्रतिपक्षलाई राख्न दिने हो नि । तर, प्रमुख प्रतिपक्षले बोलिसकेपछि सोझै सत्तापक्षमा लगेर हामीलाई बोल्न दिइएन ।’

संसदमा नयाँ र चौथो ठूलो दल छ भन्ने हेक्का राख्न सभामुख र संसदमा रहेका दलहरुलाई लामिछानेको आग्रह छ । उनी भन्छन्, ‘संसदमा रास्वपा पनि छ । जनताले नयाँ जनमत दिएर पठाएको पार्टी छ भन्ने हेक्का संसद्लाई रहोस् । संसदमा रहेका सबै दलहरुलाई पनि रहोस् ।’

प्रतिक्रिया दिनुहोस