विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी


२४ असार २०८०, आइतबार


काठमाडौँ । विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्।

उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति उनीहरुलाई डडेलधुरा ल्याइएको हो।

डोटी प्रहरीका अनुसार १८ वर्षीय अनमोल दुरा, आशु बोगटी, ६० वर्षीया गंगा दुरा, १४ वर्षीया एलिजा दुरा, १० वर्षीया मीना बोगटी, सुनिल खड्का, शकुन्तला खड्का, निशा बोगटी र वर्मा देवल विषालु च्याउ खाएर बिरामी परेका हुन्। दुई जनाको परिचय खुलेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस