दैनिक ६ जनाले ज्यान गुमाउनु चिन्ताजनक : अध्यक्ष ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दैनिक ६ जनाले ज्यान गुमाउनु चिन्ताजनक : अध्यक्ष ओली


२४ असार २०८०, आइतबार


काठमाडौँ । सवारी दुर्घटनाबाट दैनिक ६ जनाको निधन भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन्।

दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका हुन्। 

‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले सामाजिक सञ्चालनमा लेखेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो।’

Tags :
प्रतिक्रिया दिनुहोस