नाका शील भएपछि पशुपतिनगर बजार सुनसान « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नाका शील भएपछि पशुपतिनगर बजार सुनसान


२३ असार २०८०, शनिबार


काठमाडौँ । इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल-भारतबिच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।  

बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो । “भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने नाका शील भएपछि दुई दिनदेखि व्यापार ठप्प भएको छ”, व्यापारी रोहित श्रेष्ठले भने, “यहाँको बजार बाह्य पर्यटकमा निर्भर छ ।”

व्यवसायी रामसिंह यादव भन्छन्, “कोरोना कहरदेखि यता चहलपहल निक्कै बढेको थियो । हिजो र आज लकडाउनकै सम्झना आयो ।” दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ । आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । 

दार्जिलिङ र मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर इलामको पूर्वी नाका हो ।

Tags :
प्रतिक्रिया दिनुहोस