अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो‘गुराँस’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो‘गुराँस’


२३ असार २०८०, शनिबार


काठमाडौँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलो पटक प्रदर्शन गरिएको छ । 

चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिए। “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ”, उनले भने ।

सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी थिइन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् । “यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उनीले भनिन्न्, “गुराँस पनि यहीँ हेरेँ ।” चलचित्र गुराँसमा उनले आमाको भूमिका निर्वाह गरेकी छन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै रहेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेकी छन्, भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस