राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ चीन प्रस्थान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ चीन प्रस्थान


२३ असार २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन डा. श्रेष्ठ आज (शनिबार) चीन प्रस्थान गरेका हुन् ।

उक्त कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाहरूको समेत सहभागिता हुनेछ । फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

फोरममा सहभागिता मुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।

आइतबार बेइजिङ फ्रेण्डसीप होटलमा चिनियाँ विकास (सीआईडीसीए) उपमन्त्री डेफ् वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस