२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोधारा-चाँदनीबासीका दु:ख : वर्षातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

अ+ अ-

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा-चाँदनीका बासिन्दाले अनेकन समस्यासित संघर्ष गर्नुपरेको छ।

महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुई पाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो। पछिल्लो समय भएका व्यवस्था परिवर्तनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ। दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन।

विसं २०२२ देखि दोधारा चाँदनीमा बसोबास गर्दै आएका राजबहादुर थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताए। ‘दोधारा चाँदनी अन्न उत्पादनका लागि उर्वर भूमि मानिन्छ तर यहाँ सिँचाइ सुविधा छैन,’ उनले भने, ‘नेताहरू चुनावमा मात्रै हामी गर्छौँ भन्छन्, त्यसपछि वास्ता गर्दैनन्।’ यहाँ सिँचाइ सुविधा उपलब्ध भए अन्न बालीसँगै बेमौसमी तरकारी फलाउन सकिने उनले बताए।

विसं २०२४ देखि कुतियाकवरमा बस्दै आएका मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति पुर्‍याउने गरेको बताए। ‘तीनतिर जोगबुडा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ,’ सुनारले भने, ‘यहाँ डुबान र कटान धेरै हुन्छ। बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइसरी गइसके।’

गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको दुखेसो छ। ४९ परिवारको बसोबास रहेको यो बस्तीमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन्।

स्थानीय वसन्ती साउदले दोधारा चाँदनीमा उत्पादन धेरै हुने भए पनि सिँचाइ अभाव रहेको बताइन्। ‘हिउँदमा सिँचाइ अभाव हुन्छ, वर्षातमा बर्सातमा बाढीको त्रास।’ उनले भने, ‘बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ।’

दोधारा चाँदनीमा बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ। बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपर्ने स्थानीय टेकबहादुर सुनारले बताए। ‘हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ,’ सुनारले भने, ‘बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउन चिन्ता।’