तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध


२२ असार २०८०, शुक्रबार


 काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोक लगायत क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको हो । 

मोबाइल सेवा बन्द हुँदा सूचना आदान-प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए । “अहिले बाढी पहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ”, उनले भने । उनका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ । “साँझ बिहान पानी परिहेको छ । बाढी पहिराले कहाँ, कति क्षति गर्‍यो, कहाँ-कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ”, उनले भने । 

फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । “ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन् । फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ”, उनले भने । उनका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस