राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, कप्तान भन्छन्-हराउन सक्छौँ भन्ने आत्मविश्वास बढ्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, कप्तान भन्छन्-हराउन सक्छौँ भन्ने आत्मविश्वास बढ्यो


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ ।

टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका छन् ।

विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौँ हुँदै घर फर्केको हो ।

स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै कुरा सिकेको बताए ।

एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनले बताए । फुल मेम्बर टिमसँग खेल्न पायौँ भने हामीले पनि उनीहरूलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस