१७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । बारामा सशस्त्र प्रहरीले शङ्कास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ ।

आज निजगढ नगरपालिका-८ स्थित पूर्व-पश्चिम राजमार्गको बकैया पुल ईलाकाबाट प्रहरीले शङ्कास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।

विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।

महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शङ्कास्पद देखिएपछि बरामद गरिएको हो ।

बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस