राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो साढे १२ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने छ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । जसमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुनेछ ।

सो अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेस गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस