अभिनेता सारुक ताम्राकार मृत फेला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अभिनेता सारुक ताम्राकार मृत फेला


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। ताम्राकार काठमाडौँको रातोपुलस्थित घरमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार सारुक बिहीबार साँझ घरको छतमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार साँझ घरमा एक्लै रहेको अवस्थामा उनले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ। यद्यपि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महारानगञ्जमा लगिएको छ ।

फिल्म रानीबाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’, ‘नमरी बाचे,’ इन्टु मिन्टु लण्डनमा लगायत अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस