२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड

अ+ अ-

काठमाडौँ । बजारमा रासायनिक मलको अभाव हुन नदिन वितरण प्रणाली नै प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । सिंहदरवारमा आज बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले मलको आयात र वितरणको व्यवस्थापन प्रभावकारी हुनुपर्ने बताएका छन् । 

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कृषिमा निर्भर अर्थतन्त्र भएको मुलुकका किसानले सधैँ मलको अभाव भोग्नुपर्ने अवस्थाको समाधान छिटो हुनुपर्नेमा जोड दिए। “सधैँ मलको अभाव देखिन्छ, आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दै गर्दा उर्वर जमिन सुक्खा बन्दै गएका छन्, कालोबजारी, वितरण प्रणालीजस्ता क्षेत्रमा समस्या देखिएका छन्, यसलाई छिट्टै टुङ्गो लगाऔँ, नीतिगत समस्या भए समाधान गरौँ र कानुनी प्रक्रिया  फुकाउँदै जाऊ”, उनले भने ।

त्यस्तै सांसद विष्णुप्रसाद पौडेलले मलको सम्बन्धमा देखिएका समस्या हल गर्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरी कार्यान्वयनमा जानुपर्ने बताए । उनले हाम्रो मागको यकिन गरी आवश्यक परे आपूर्ति व्यवस्था सहज बनाउन कानुनी अड्चन भए त्यसलाई फुकाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै दीर्घकालीन रूपमा रासायनिक मल कारखानामा स्थापना गर्न सबै क्षेत्रमा छलफल गरी छिट्टै समाधानमा जानुपर्ने उनको भनाइ छ । बैठकमा सांसद गङ्गा कार्कीले बिचौलिया र वितरण प्रणाली व्यवस्थित बनाउन र नीतिगत तथा संरचनागत सुधारका काम पूरा गरी किसानलाई सहज मल पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद रामनाथ अधिकारीले मल अभावको तत्कालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुहुँदै उपलब्ध रहेका मलको सही व्यवस्थापन र वितरणमा ध्यान दिन अनुरोध गरे ।

“छलफलमा आउँदा सबै ठीक सुनिन्छ, व्यवहारमा मल छैन, किन रहेछ, म आफैँ किसान हुँ, आफैँले मल पाएको छैन, मेरो भागमा १० किलो आउँछ रे यो हाम्रो कस्तो वितरण प्रणाली, यसलाई सुधार गर्नुपर्छ”, सांसद अधिकारीले भने ।

सांसद दीपक खड्काले रासायनिक मल वितरणमा बिचौलियाको प्रभाव रहेको उल्लेख गर्दै त्यसलाई तत्कालै समाधान गर्नुपर्ने बताए । त्यस्तै सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलमा मात्रै निर्भर हुने कि हाम्रो परम्परागत र जैविक मलमा जानेबारे विचार गर्नुपर्ने बताए । सांसद नारायणी शर्माले बजार व्यवस्थापन अझै प्रभावकारी बनाई असमान वितरण प्रणाली सुधार हुनुपर्ने बताए ।

बैठकमा सांसद सूर्य थापाले मलको व्यवस्थापनका सम्बन्धमा बजेटको सुनिश्चितता अझै हुन नसकेको टिप्पणी गरे । बैठकमा ज्येष्ठ सदस्यका रूपमा समितिको अध्यक्षता गएका सांसद विनोद चौधरीले मल सर्वसाधारण नागरिकसँग प्रत्यक्ष जोडिएको विषयवस्तु भएकाले सरकारले समयमै यसको समाधानमा ध्यान दिनुपर्ने बताए ।

रासायनिक मलको आपूर्ति, जैविक तथा प्राङ्गारिक मलको अवस्थाबारे अध्ययन तथा कार्यान्वयन, तस्करी तथा बिचौलियाको समाधानजस्ता क्षेत्रमा सरकारको ध्यान जानुपर्ने सांसद चौधरिले बताए ।