काठमाडौँमा एकैदिन २२ सय सवारी चालकलाई कारबाही « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँमा एकैदिन २२ सय सवारी चालकलाई कारबाही


२० असार २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार २०३ सवारी चालक कारबाहीमा परेका छन्।

उनीहरूलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २०३ सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

मादक पदार्थ सेवन (मापसे) मा ६९, लेन उल्लङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३ र चर्को हर्नमा २८ सवारी चालकलाई कारबाही गरिएको भट्टले बताए। प्रस्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतिमा सवारी चलाउने १४७ चालक पनि कारबाहीमा परेका छन्।

त्यस्तै, अन्य कारणले एक हजार ७४५ सवारी चालक कारबाहीमा परेको प्रवक्ता भट्टले बताए। ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढेकाले कडाइ गर्न थालिएको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस