राष्ट्र बैंकद्वारा लघुवित्तका सदस्यको गुनासो सुन्न छुट्टै डेस्क स्थापना « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैंकद्वारा लघुवित्तका सदस्यको गुनासो सुन्न छुट्टै डेस्क स्थापना


१८ असार २०८०, सोमबार


काठमाडौँ। नेपाल राष्ट्र बैंकले लघुवित्तका सदस्यहरूको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको छ । लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको केन्द्रीय बैंकले सदस्यहरूको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको हो ।

राष्ट्र बैंकका अनुसार पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा  आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् । यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलबाट वा इमेल मार्फत पनि गुनासो दर्ता गर्न सकिने छ । साथै नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस