२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साधारण तारेखमा रिहा भए नासुलाई हातपात गरेको आरोपमा पक्राउ परेका वकिल 

अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा (नासु) प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछाने रिहा भएका छन् । 

उनलाई आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरले साधारण तारेखमा रिहा गरेको हो । 

उनी गत बुधबार अपराह्न करिब साढे ४ बजे पक्राउ परेका थिए । लामिछानेले अदालतकी नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रशासनमा अभद्र व्यवहारको मुद्दा दायर भएको थियो । 

सम्बन्धित समाचार : नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर 

अदालत प्रशासनका अनुसार इजलासबाट भएको आदेश हेर्न पाउनुपर्ने भन्दै लामिछानेले फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नासु तामाङले फाइल दिन मानिनन् । प्रक्रिया पुर्‍याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने उनले जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले प्रेमिकामाथि हातपात गरेको पीडित पक्षको दाबी छ ।

सम्बन्धित समाचार : नासु कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा नभए देशभर बहस नगर्ने बारको चेतावनी

सम्बन्धित समाचार : नायब सुब्बालाई हातपात गरेपछि न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा

अर्कोतर्फ लामिछानेसहित कानुन व्यवसायीको छाता निकाय नेपाल बार एसोसियसनले भने तामाङले घुस मागेपछि विवाद भएको दाबी गरेको छ । बारले घटना भएको दिनको सिसिटिभी फुटेज जारी गर्न माग गरेको छ । प्रशासनले भने सीसीटीभी बिग्रिएको दाबी गर्दै आएको छ । 

तामाङ र लामिछानेबीचको विवाद अहिले बार र अदालतको विवाद बनेको छ ।

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ

प्रतिक्रिया दिनुहोस