साहुकरहरुले अदालत नै प्रयोग गरेर मिटरब्याज पीडितलाई दुःख दिए : प्रदीप पौडेल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

साहुकरहरुले अदालत नै प्रयोग गरेर मिटरब्याज पीडितलाई दुःख दिए : प्रदीप पौडेल


१७ असार २०८०, आइतबार


नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देश व्यवस्था परिवर्तन भएपनि मिटरब्याज पीडितलाई लोकतन्त्र, गणतन्त्र केही पनि नआएको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले पीडितहरूको पक्षमा राज्यको ध्यान नपुगेको कारण साहुकरहरुले अदालतनै प्रयोग गरेर दुःख दिएको टिप्पणी गरे ।

‘यो हामीलाई धेरै अगाडि आवश्यक परेको कानुन हो । नेपालमा लोकतन्त्र आयो, गणतन्त्र आयो । तर, मिटरब्याज पीडितहरूलाई लोकतन्त्र, गणतन्त्र केही पनि आएको रहेनछ । उनीहरू ठगिए, साहुकरहरुले अदालत नै प्रयोग गरेर उनीहरूलाई दुःख दिए । चेकमा सिग्नेचर गराएर, बाउन्स गराएर उनीहरूलाई थुनाए,’- उनले भने ।

अदालतले पनि साहुहरूको पक्षमा फैसला गरेको उनको दाबी छ । अहिले देशका विभिन्न ठाउँमा सहकारीले बचतकर्ता ठगिरहेको उल्लेख गर्दै उनले वित्तीय अनुशासन कायम गर्न सबै लाग्नुपर्ने बताए । संसद्ले आम नागरिकको पक्षमा विधेयक र कानुन बनाउने सक्रियता देखाउन नसकेको उनको बुझाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस