बागमती प्रदेश सभा बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती प्रदेश सभा बैठक बस्दै


१७ असार २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउसो २ बजे बस्ने भएको छ ।

आजको बैठकमा गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारु गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । बजेट विभेदकारी रहेको भन्दै प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारु गराउने योजनामा भने सरकार प्रतिबद्ध रहेको देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस