विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरियो  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरियो 


१६ असार २०८०, शनिबार


काठमाडौँ । आइसिसी विश्वकप छनोट २०२३ मा वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ । चार पटकको विश्वकप विजेता वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकी छनोट खेलबाटै बाहिरिएको हो ।

वेस्टइन्डिज सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । यससँगै दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोटबाट बाहिरिएको छ ।

जितको लागि वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस