काठमाडौँ । कोशी प्रदेश नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहने बताएका छन् ।
प्रदेशसभा बैठकपछि राईले व्यक्तिगत रूपमा मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताएका हुन् ।
राईले भने, ‘मेरो मुख्यमन्त्रीमा दाबी छैन । केन्द्रको समझदारी अब के हुन्छ हेरौँ ? व्यक्तिगत रूपमा मैले मुख्यमन्त्रीमा दाबी छैन । केन्द्रसँगै बसेर टुङ्ग्याउनु पर्छ ।’ आफूहरूले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताए ।