नेपालले मलेसियालाई दियो १८४ रनको लक्ष्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालले मलेसियालाई दियो १८४ रनको लक्ष्य


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको हो ।

नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेलेका छन् ।

नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए ।

दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोइरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए । सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए ।

आठौँ विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । भट्टले ४३ बलमा २९ रन बनाए ।

नवौँ विकेटका लागि कृतक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्त्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए ।

मलेसियाका लागि मोहम्मद मुकरी र एरिन एकवाल र हरिक हाईकाल र मुहम्मद अक्रमले समान २र२ तथा मोहम्मद फतुलले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । यस खेलले समूह विजेता तथा उप विजेताको निर्धारण गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस