सातवटै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सातवटै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुने भएका छन् ।

शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।

उनीहरू आज शुक्रवार र शनिवार सङ्घीयता र प्रदेशका हक अधिकारका बारेमा छलफलमा जुट्ने छन् । मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफावार छलफल हुने र घोषणा पत्र जारी हुनेछ ।

मुलुकमा प्रदेश संरचना सुरु भएपछि सातै प्रदेशका मुख्यमन्त्रीहरूको यो दोस्रो भेला हो ।

Tags :
प्रतिक्रिया दिनुहोस