२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ करोड नाघ्यो बैंक निक्षेप खाता संख्या

अ+ अ-

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाता संख्या ५ करोड नाघेको छ । 

यो नेपालको कुल जनसङ्ख्या भन्दा २ करोड ९ लाख ४८ हजार बढी हो । यसको अर्थ सबै नेपालको पहुँचमा बैंक पुगेको भन्ने होइन । एक व्यक्तिले एक भन्दा धेरै बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाइन्छ । यसकारण एकै व्यक्तिले विभिन्न बैंकमा गरेर एकभन्दा बढी खाता खोलेकाले कुल जनसङ्ख्याको तुलनामा निक्षेप खाता संख्या धेरै देखिएको हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । राष्ट्र बैंकका अनुसार वैशाखसम्म क, ख र ग वर्गका वित्तीय संस्थामा गरी कुल ५ करोड १ लाख १३ हजार ४ सय ९८ वटा निक्षेप खाता खुलेका छन् । सोही अवधिमा ऋण खाता भने १८ लाख ४२ हजार ९ सय ३० रहेका छन् ।

उता ‘प्रदेश र जिल्लास्तरमा वित्तीय साक्षरताको अवस्था र वित्तीय समावेशिताको स्थिति’ सम्बन्धी सर्वेक्षण–प्रतिवेदनले ७१।८३ प्रतिशत वयस्क जनसङ्ख्या आर्थिक गतिविधिका लागि साहुमहाजन, परिवार तथा साथीभाइमै निर्भर रहेको देखाएको छ ।

प्रतिवेदनले नेपालीको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको देखाएको छ । वित्तीय साक्षरताको तीन आयामको रूपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६४.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ‘वयस्क जनसङ्ख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तीनै आयामहरूमा न्यूनतम अङ्क प्राप्त गरेका छन् । वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसङ्ख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसले न्यूनतम अङ्क प्राप्त गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस