संयुक्त राष्ट्रसंघका उपमहासचिवले गरे लुम्बिनी भ्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संयुक्त राष्ट्रसंघका उपमहासचिवले गरे लुम्बिनी भ्रमण


१४ असार २०८०, बिहिबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन-पियरे ल्याक्रोइक्सले बिहीबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेललगायतको टोलीले महासचिवलाई लुम्बिनीमा खादा ओढाएर स्वागत गरेका थिए।

सो क्रममा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए। राष्ट्रसङ्घको शान्ति सेना विभाग हेर्ने उपमहासचिवले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए। उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।

उपमहासचिव ल्याक्रोइक्सले मायादेवी मन्दिर, शान्ति दीप,  थाई, कम्बोडियन फ्रान्स र भियतनाम गुम्बाहरूको भ्रमण गरेका थिए। उनी ४ दिवसीय भ्रमणका क्रममा नेपाल आएका हुन्। भ्रमणमा नेपाली सेनाको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथीहरुको पनि उपस्थिति रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस