सुरु भयो कोशी प्रदेश सभा बैठक « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुरु भयो कोशी प्रदेश सभा बैठक


१४ असार २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।

आजको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिदैछन्। विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका थिए।

तर,नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत नदिने र जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेका छन्। 

पार्टीहरूले मत नदिने र तटस्थ बस्ने निर्णय गरेसँगै कोशीमा कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस