देशमै रासायनिक मल उत्पादन गर्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीको भनाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशमै रासायनिक मल उत्पादन गर्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीको भनाई


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरेको जानकारी दिएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको र उक्त विषयमा भारत भ्रमणमा पनि गम्भीर ढंगले कुरा उठेको बताएका हुन् ।

उनले भने, ‘आगामी आर्थिक वर्षका लागि पनि समयमानै रसायनीक मल व्यवस्था गर्न ३० अर्ब रकम विनियोजन गरिसकेको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ । भर्खरैको भारत भ्रमणमा पनि यो विषय गम्भीर ढंगले उठेको छ ।’
उनले लामो समयदेखिको समस्या समाधानका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै अहिले पनि पूर्ण रूपमा समस्या समाधान गर्न नसकिएको स्वीकार गरे ।

‘पछिल्लो निकै वर्षदेखी किसानले कहिल्यै समयमा मल पाएनन् मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति बद्लिएन । विश्वासको मत लिदै मैले प्रतिवदता जनाएको थिए अब त्यस्तो हाहाकार हुने छैन ।’ उनले भने ‘यद्यपि समस्याको समाधान अझै भएको छैन । तर मैले गरेको प्रतिबद्धता भने यस आर्थिक वर्षमा ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ । ’

अहिले एक लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई एक लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानमा वितरण गरिएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस