राष्ट्रिय योजना आयोगलाई पुनरसंरचना गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय योजना आयोगलाई पुनरसंरचना गर्ने तयारी


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने गरिने बताएका छन् । बुधबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास र यसको भूमिका थप सशक्त र प्रभावकारी बनाउन आवश्यक सुधार एवम् पुनर्संरचना गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘राष्ट्रिय योजना आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास गर्दे यसको भूमिकामा थप प्रभावकारी बनाउन पुनर्संरचना गर्ने तयारी रहेको म जानकारी गराउन चाहन्छु ।’ उसो त सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत नीति तथा कार्यक्रममा समेत राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरिने उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस