विकृतिको डंगुर सफा गर्ने लडाइँमा छु : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विकृतिको डंगुर सफा गर्ने लडाइँमा छु : प्रधानमन्त्री प्रचण्ड


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, आफू नेतृत्वको सरकार वर्षौदेखिका विकृतिको डंगुर सफा गर्ने युद्धमा उत्रिएको टिप्पणी गरेका छन्।

बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले, ललिता निवास काण्ड मिटरब्याजी र सहकारी ठगहरूमाथि कारबाही जस्ता विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाइँमा आफू लागेको भन्दै सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डको अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारी ठगहरूमाथि कारबाही सुरु भइसकेको छ । वर्षौँ देखी विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस