बागमती प्रदेशद्वारा पाँच वटा समितिका सदस्यको नाम सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशद्वारा पाँच वटा समितिका सदस्यको नाम सार्वजनिक


१२ असार २०८०, मंगलबार


मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभाको नियमावलीअनुसार प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् ।

ती समितिको अध्यक्षमा सम्बन्धित समितिका सदस्यबाट निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभा बैठक अपराह्न १ बजेको लागि बोलाइएको भए पनि बजेटको विषयमा छलफल गर्ने क्रममा सर्वदलीय बैठक बस्दा करिब ३ बजेर १८ मिनेटको समयमा मात्रै सञ्चालन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस